Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 149

याहवेहको प्रशंसा गर!1

याहवेहको निम्ति एउटा नयाँ गीत गाओ,

उहाँको प्रशंसा उहाँका विश्‍वासयोग्य जनहरूका सभामा छ।

इस्राएल आफ्ना सृष्‍टिकर्तामा आनन्दित होओस्;

सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!

तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्;

र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!

किनकि याहवेह आफ्ना प्रजासित प्रसन्‍न हुनुहुन्छ;

उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्‍याइदिनुहुन्छ।

उहाँका विश्‍वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्;

र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!

तिनीहरूका मुखमा परमेश्‍वरको प्रशंसा होस्,

र तिनीहरूका हातमा दुईधारे तरवार होस्,

ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति,

र जाति-जातिहरूलाई दण्ड दिन;

तिनीहरूका राजालाई साङ्लाहरूले,

र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;

तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्—

यही नै उहाँका सबै विश्‍वासयोग्य जनहरूको महिमा हो।

याहवेहको प्रशंसा गर!

Source notes (1)
  1. Footnote मूल भाषामा हल्‍लेलूयाह ; 9 पदमा पनि

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.