Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 150
याहवेहको प्रशंसा गर!1
परमेश्वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर;
उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!
उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर;
उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!
तुरही फुक्दै उहाँको प्रशंसा गर;
वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!
खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर;
तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
झ्याली बजाएर उहाँको प्रशंसा गर;
गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
सास हुने हरेकले याहवेहको प्रशंसा गरून्!
याहवेहको प्रशंसा गर!
Source notes (1)
- Footnote मूल भाषामा हल्लेलूयाह ; 6 पदमा पनि
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.