Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 13
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ?
तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?
कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने,
र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने?
मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?
हे याहवेह, मेरा परमेश्वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्;
मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु।
नत्रता मेरो वैरीहरूले भन्नेछ, “मैले त्यसमाथि विजय पाएको छु,”
र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्।
तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु;
मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।
म याहवेहको स्तुति गाउनेछु;
किनकि उहाँ मप्रति भलो हुनुहुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.