Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 14

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

मूर्खले1 आफ्नो मनमा भन्छ,

“परमेश्‍वर छँदैछैन।”

तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्;

असल काम गर्ने कोही पनि छैन।

याहवेहले स्वर्गबाट

सबै मानिस जातिलाई हेर्नुहुन्छ,

यो जान्‍नलाई कि कोही त समझदार होला,

जसले परमेश्‍वरको खोजी गर्दछ।

तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्2;

असल गर्ने कोही छैन;

एक जना पनि छैन।

के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्?

रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;

तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।

तर त्यहाँ तिनीहरू डरले काम्छन्;

किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ।

तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ;

तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।

अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!

जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,

तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

Source notes (2)
  1. Footnote भजनसंग्रहअनुसार नैतिकताको कमी भएको व्यक्तिलाई मूर्ख भनिन्छ।
  2. Footnote रोमी 3:12

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.