पवित्र बाइबल
भजनसंग्रह 134
हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्दिरमा राति सेवा गर्छौ । पवित्र स्थानतिर आफ्ना हात उचाल र परमप्रभुको प्रशंसा गर । परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.