पवित्र बाइबल
भजनसंग्रह 133
हेर, दाजुभाइका निम्ति एकसाथ मिलेर बस्नु कति असल र सुखद कुरा हो । यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्यसपछि यो तिनको वस्त्रको कठालोसम्म झर्छ । यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.