पवित्र बाइबल
भजनसंग्रह 11
म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्न सक्छौ, “चराझैं पहाडतिर भाग्”? किनकि हेर, दुष्टहरूले आफ्ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्ना काँडहरू ताँदोमा चढाउँछन् । किनकि जगहरू नै भग्नावशेष हुन्छन् भने, धर्मीले के गर्न सक्छ र? परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ । उहाँका आँखाले हे्र्छन्, उहाँका आँखाले मानवजातिका छोराछोरीको र जाँच गर्छन् । परमप्रभुले धर्मी र दुष्ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ । दुष्टहरूमाथि उहाँले भुङ्ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्सा हुनेछ । किनकि परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले धार्मिकता मन पराउनुहुन्छ । सोझोले उहाँको मुहार देख्नेछ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.