Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 126
आरोहणको गीत।
जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो,
यो त सपनाजस्तो थियो।
त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए;
हाम्रा जिब्राहरू हर्षका गीतले भरिए।
तब जाति-जातिहरूका बीच यसो भनियो,
“याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”
याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ,
र हामी आनन्दले भरिएका छौँ।
हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ,
निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्!
जसले आँसु बहाउँदै बिउ छर्दछन्,
तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।
जो रुँदै-रुँदै बिउ बोकेर
छर्नको लागि बाहिर जान्छन्,
तिनीहरू हर्षका गीत गाउँदै
अन्नका बिटाहरू बोकेर फर्कनेछन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.