Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 125
आरोहणको गीत।
याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्,
जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।
जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्,
त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई
आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।
धर्मीहरूलाई छुट्ट्याइएको देशमा,
दुष्टहरूको राजदण्ड रहनेछैन।
नत्रता धर्मीहरूले
आफ्ना हात अधर्मतिर लगाउलान्।
हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्;
तिनीहरूलाई, जसका हृदय सोझो छन्।
तर खराब मार्गतिर जो फर्कन्छन्,
याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ।
इस्राएलमाथि शान्ति कायम रहोस्!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.