Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 127
सोलोमनको आरोहणको गीत।
यदि याहवेहले नै घर बनाउनुभएन भने,
बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ।
याहवेहले नै सहरको रक्षा गर्नुभएन भने,
पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ।
बिहानै उठ्नु,
र अबेरसम्म जागो रहनु,
अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ—
किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ।
छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;
गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
युवावस्थामा जन्मेका छोराछोरीहरू,
वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।
त्यो मानिस धन्यको हो,
जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ।
मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा
तिनीहरू लाजमा पर्नेछैनन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.