Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 99
याहवेहले राज्य गर्नुहुन्छ;
राष्ट्रहरू थरथर कामून्;
उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ;
पृथ्वी हल्लियोस्!
सियोनमा याहवेह महान् हुनुहुन्छ;
उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ।
तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्—
उहाँ पवित्र हुनुहुन्छ।
राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ—
तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ;
तपाईंले याकोबमा
न्याय र धार्मिकता सम्पन्न गर्नुभएको छ।
याहवेह हाम्रा परमेश्वरलाई उच्च पार,
र उहाँको पाउदानमा आराधना गर;
उहाँ पवित्र हुनुहुन्छ।
उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए,
र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए;
तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो;
उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
हे याहवेह, हाम्रा परमेश्वर,
तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो;
तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो,
यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
याहवेह, हाम्रा परमेश्वरलाई उच्च पार,
र उहाँको पवित्र पर्वतमा आराधना गर;
किनकि याहवेह हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.