Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 97

याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्;

टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।

उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ;

धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।

आगो उहाँको अगि-अगि जान्छ,

र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।

उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ;

पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।

याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्,

उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।

स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ,

र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।

मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू,

सबै जना शर्ममा पर्नेछन्;

हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!

तपाईंकै न्यायको कारण हे याहवेह,

सियोनले सुन्छ र आनन्दित हुन्छ;

र यहूदाका गाउँहरू हर्षित हुन्छन्।

किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ;

तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ।

याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्;

किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ

र तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ।

धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ

र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।

हे धर्मीहरू हो, याहवेहमा रमाहट गर;

र उहाँका पवित्र नामको प्रशंसा गर!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.