Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 67
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, एउटा भजन; एउटा गीत।
परमेश्वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्;
अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला
ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्,
अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।
हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्;
सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्;
किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ,
र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला
हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्;
सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
भूमिले आफ्नो बाली उब्जनी गर्छ;
परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुन्छ।
परमेश्वरले हामीलाई अझै आशिष् देऊन्,
कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.