Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 54
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल—जब जीपीहरू शाऊलकहाँ गएर भनेका थिए, “के दावीद हामीहरूका माझमा लुकेका छैनन् र?”
हे परमेश्वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्;
तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;
मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!
मलाई परदेशीहरूले आक्रमण गर्छन्;
मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्—
ती मानिसहरूले परमेश्वरको श्रद्धा गर्दैनन्। सेला
हेर, परमेश्वर मेरा सहायक हुनुहुन्छ;
प्रभुले नै मलाई सहारा दिनुहुन्छ।
मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्;
तपाईंको विश्वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!
म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु;
हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।
तपाईंले मलाई मेरा सबै सङ्कष्टहरूबाट छुटाउनुभएको छ;
र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.