Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 52

सङ्गीत निर्देशकको निम्ति, दावीदको मस्किल—जब एदोमी दोएग शाऊल राजाकहाँ गएर दावीदको बारेमा भनेका थिए: “दावीद अहीमेलेकको घरमा गएका छन्।”

हे वीर मानिस, तँ किन आफ्ना दुष्‍ट काममा गर्व गर्छस्?

किन सारा दिन घमण्ड गर्छस्,

तँ, जो परमेश्‍वरको दृष्‍टिमा घृणित छस्?

तँ छली कुरा गर्छस्,

तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ;

यो धारिलो छुरीजस्तै छ।

तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्;

सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्।

ए छली जिब्रो!

तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ।

निश्‍चय नै परमेश्‍वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ:

उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ;

उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ।

धर्मी जनहरू त्यो देखेर भय मान्‍नेछन्।

तिनीहरूले यसो भनी तेरो हाँसो उडाउनेछन्,

“यो त्यही मानिस हो,

जसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन,

तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो,

र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!”

तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको

हरियो जैतुनको रूखजस्तो छु;

म परमेश्‍वरको अचुक प्रेममा

सदासर्वदा भरोसा गर्दछु।

तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा

सधैँ म तपाईंको प्रशंसा गर्नेछु,

र तपाईंको नाममा म आशा राख्नेछु;

किनकि तपाईंको नाम असल छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.