Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 46

सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन।

परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,

सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।

यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,

चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;

चाहे समुद्र गर्जोस् र फीँज काढोस्,

र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला

एउटा नदी छ, जसको प्रवाहले परमेश्‍वरको नगर,

सर्वोच्‍च परमेश्‍वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।

परमेश्‍वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन;

परमेश्‍वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।

राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्।

परमेश्‍वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।

सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;

याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला

आओ र याहवेहले गर्नुभएका कामहरू हेर,

उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।

पृथ्वीको छेउसम्मै

उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ;

उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ;

उहाँले रथहरूलाई1 आगोमा जलाउनुहुन्छ।

उहाँले भन्‍नुहुन्छ, “शान्त रहो, र म नै परमेश्‍वर हुँ भनी जान;

म राष्ट्रहरूको बीचमा उच्‍च पारिनेछु,

म पृथ्वीमा उचालिनेछु।”

सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;

याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला

Source notes (1)
  1. Footnote अथवा ढालहरू

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.