Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 42

दोस्रो खण्ड

भजनसंग्रह 42–72

सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूका मस्किल।

जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,

त्यसरी नै हे मेरा परमेश्‍वर, म तपाईंको तिर्सना गर्दछु।

मेरो प्राण परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति तिर्खाउँछ।

म कहिले जाऊँ र परमेश्‍वरलाई भेटूँ?

मेरो आँसु दिनरात

मेरो भोजन बनेको छ,

मानिसहरू निरन्तर मलाई भनिरहन्छन्,

“खोइ त तेरो परमेश्‍वर?”

मेरो हृदयका कुराहरू पोखाउँदा,

यी कुराहरू म सम्झन्छु:

कसरी ती उत्सव मनाउने जन समूहहरूसँग

जयजयकार र धन्यवादसाथ,

महान् परमेश्‍वरको सुरक्षामा म अगुवा भएर

तिनीहरूलाई परमेश्‍वरको भवनतर्फ लाने गर्थेँ।

हे मेरो प्राण, तँ किन उदास हुन्छस्?

मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्?

परमेश्‍वरमा आशा राख्,

हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,

म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

मेरो प्राण मभित्र उदास भएको छ;

यसकारण म यर्दनको देशबाट

हेर्मोन पर्वत—मिसारको डाँडाबाट

तपाईंलाई सम्झनेछु।

तपाईंको छाँगाहरूका गर्जनमा,

सागरले सागरलाई पुकार्दछ;

तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले

मलाई छोपेका छन्।

याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ,

राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ,

जुनचाहिँ मेरो जीवनको परमेश्‍वरलाई प्रार्थना हो।

परमेश्‍वर मेरा चट्टानलाई म भन्छु,

“तपाईंले मलाई किन बिर्सनुभएको?

शत्रुको थिचोमिचोले गर्दा

म किन शोक गरेर हिँडिरहनुपर्ने?”

मेरा हाडहरूमा गहिरो चोट पर्छ,

जब मेरा वैरीहरूले

मलाई गिल्‍ला गर्दै दिनभरि भन्छन्,

“खोइ त तेरो परमेश्‍वर?”

हे मेरो प्राण, तँ किन उदास हुन्छस्?

हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?

परमेश्‍वरमा आशा राख्,

हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,

म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.