Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 41

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्;

याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ।

याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ।

तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्।

उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्‍न।

याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ,

र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।

मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्;

मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”

मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्,

“त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?”

जब तीमध्ये कोही मलाई भेट्न आउँछ,

त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ;

तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।

मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्;

तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्,

“त्यसलाई घातक रोग लागेको छ;

त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।”

मेरो घनिष्‍ठ मित्रले,

जसलाई मैले भरोसा गरेँ,

जसले मेरै भोजन खान्थ्यो,

त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।

तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्;

मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ!

म जान्दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ;

किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्।

मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ

र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ।

याहवेह, इस्राएलका परमेश्‍वरलाई,

सदासर्वदा प्रशंसा होस्!

आमेन! आमेन!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.