Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 23
दावीदको भजन।
याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।
उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ;
उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ।
उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ।
उहाँले आफ्नो नामको खातिर
मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।
मृत्युको अन्धकारमय
घाटीबाट भएर जानुपरे तापनि
म कुनै खतरादेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
तपाईंको लहुरो र तपाईंको छडीले
मलाई सान्त्वना दिन्छन्।
तपाईंले मेरा शत्रुहरूको सामु,
मेरो निम्ति भोज तयार पार्नुहुन्छ।
तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ;
मेरो कचौरा भरिएर पोखिन्छ।
निश्चय नै तपाईंको भलाइ र प्रेम
मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्,
र म सधैँभरि
याहवेहको भवनमा बास गर्नेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.