Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 24

दावीदको भजन।

पृथ्वी र यसमा भएका सबै थोक,

यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;

किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो,

र पानीमाथि स्थापित गर्नुभयो।

याहवेहको डाँडामा को उक्लिन सक्ला?

उहाँको पवित्रस्थानमा को उभिन सक्ला?

त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ;

जसले मूर्तिमाथि भरोसा राख्दैन,

अथवा जसले झूटो ईश्‍वरको नाममा शपथ खाँदैन।

तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,

र मुक्तिदाता परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।

उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्,

जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्‍वर। सेला

हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार;

हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ,

ताकि महिमाका महाराजा प्रवेश गरून्।

यी महिमाका राजा को हुनुहुन्छ?

याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ,

याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।

हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार;

हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ;

ताकि महिमाका महाराजा प्रवेश गरून्।

महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ?

सेनाहरूका याहवेह—

उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.