Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 21

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्,

तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।

तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ,

र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला

तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो।

तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्‍याइदिनुभयो।

उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो

अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।

तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ;

तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गरिदिनुभएको छ।

निश्‍चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ;

र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;

किनकि राजाले याहवेहमा भरोसा राख्दछन्;

सर्वोच्‍च परमेश्‍वरको अचुक प्रेमको कारण

उनी अटल रहनेछन्।

तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ;

तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ।

जब तपाईं प्रकट हुनुहुनेछ,

तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ।

याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ,

र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।

तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट

र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्‍ट पार्नुहुनेछ।

तिनीहरूले तपाईंको विरुद्धमा दुष्‍ट युक्ति रचे,

र दुष्‍ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।

किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ,

तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।

हे याहवेह, आफ्नो शक्तिमा उच्‍च हुनुहोस्;

हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.