Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 20

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

याहवेहले तपाईंको सङ्कष्‍टको दिनमा तपाईंलाई उत्तर देऊन्;

याकोबका परमेश्‍वरका नामले तपाईंलाई सुरक्षा गरून्।

उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्,

र सियोनबाट तपाईंलाई सहारा देऊन्।

उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्,

र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला

उहाँले तपाईंको मनको इच्छा पूरा गरून्,

र तपाईंका सबै योजनाहरू सफल गरून्।

तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ,

र हाम्रा परमेश्‍वरका नाममा हामी आफ्ना झण्डाहरू उच्‍च पार्नेछौँ।

याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।

अब मलाई थाहा भयो:

याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ।

उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा

आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।

कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्,

तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा भरोसा गर्दछौँ।

तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्,

तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।

हे याहवेह, राजालाई विजय गराउनुहोस्!

हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.