Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 19

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ;

अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।

हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ;

हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।

तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्;

तिनीहरूबाट कुनै सोर सुनिँदैन।

तरै पनि तिनीहरूका सोर1 सारा पृथ्वीभरि पुग्दछ;

तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्।

परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।

जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ,

दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।

त्यो आकाशको एक कुनाबाट उदाउँछ,

र अर्को कुनासम्म चक्‍कर लगाउँछ;

त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।

याहवेहका व्यवस्थाहरू सिद्ध छन्,

प्राणलाई ताजा गराउने,

याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्;

सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।

याहवेहका नियमहरू ठिक छन्,

हृदयलाई आनन्दित गराउने,

याहवेहका आज्ञाहरू उज्ज्वल छन्,

आँखालाई ज्योति दिने।

याहवेहको भय स्वच्छ छ,

अनन्तकाल सम्मै स्थिर रहिरहने;

याहवेहका उर्दीहरू अटल छन्,

ती सबै धार्मिक सत्य छन्।

ती सुनभन्दा पनि ज्यादै बहुमूल्य,

निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्;

ती महभन्दा मिठा,

चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।

तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ;

ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।

तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्?

मेरा गुप्‍त दोषहरू क्षमा गरिदिनुहोस्!

आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्;

ममाथि ती प्रभुत्व हुन नपाओस्;

अनि म दोषरहित

र घोर अपराधहरूबाट निर्दोष हुनेछु।

हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक!

मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान

तपाईंका दृष्‍टिमा ग्रहणयोग्य हुन सकून्।

Source notes (1)
  1. Footnote मूल भाषामा नाप्‍ने रेखा

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.