Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 15
दावीदको भजन।
हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ?
तपाईंको पवित्र पर्वतमा कसले बस्न पाउनेछ?
त्यो मानिस, जसको जीवन निर्दोष छ;
जसले धर्मी काम गर्छ,
जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
जसको जिब्रोले अरूको निन्दा गर्दैन,
जसले आफ्नो छिमेकीको खराबी गर्दैन,
र मित्रहरूको अपमान गर्दैन;
जसले दुष्ट मानिसलाई घृणा गर्दछ,
तर याहवेहको भय मान्नेहरूलाई आदर गर्दछ;
जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन,
र जसले आफ्नो मन बदल्दैन;
जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन;
र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन।
यस्ता जीवन जिउनेहरू
कहिल्यै पनि डगमगाउनेछैन।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.