Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 144

दावीदको भजन।

याहवेह मेरा चट्टानलाई प्रशंसा होस्,

जसले मेरा हातहरूलाई युद्धकला,

र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।

उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ;

उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक,

मेरो ढाल, जसमा म शरण लिन्छु,

उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।

हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ,

मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?

तिनीहरू त केवल सासजस्तो मात्र हुन्;

तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्।

हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्;

पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।

बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्!

आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्!

उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्;

अनि उर्लंदो बाढीबाट

र विदेशीहरूका हातबाट

मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।

जसका मुख झूटले भरिएका छन्,

जसका दाहिने हात छली छन्।

हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु;

दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु,

उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ;

जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ।

घातक तरवारबाट मलाई छुटकारा दिनुहोस्;

विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्;

जसको मुख झूटले भरिएको छ,

जसको दाहिने हात छली छ।

तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा

मौलाउँदा रूखहरूजस्ता हुनेछन्,

र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका

स्तम्भहरूजस्ता हुनेछन्।

हाम्रा धनसारहरू

हरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्;

हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्,

हाम्रा खेतमा ती लाखौँ हुनेछन्;

हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्।

जहाँ पर्खालहरू फोरिनेछैनन्;

हामी निर्वासनमा जानुपर्नेछैन;

हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन।

धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ;

धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.