Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 142
दावीदको मस्किल; गुफामा हुँदा उनको प्रार्थना।
उच्च सोरले म याहवेहलाई पुकार्दछु;
दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।
उहाँको सामु म आफ्नो उजुर पोख्दछु;
उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।
मेरो आत्मा मभित्र व्याकुल हुँदा,
त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्नुहुन्छ।
म हिँड्ने मार्गमा
मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
मेरो दाहिने हातपट्टि हेर्नुहोस्;
कसैलाई मेरो वास्ता छैन।
मेरो शरणस्थान कहीँ छैन;
कसैले मेरो जीवनको वास्ता गर्दैन।
हे याहवेह, म तपाईंलाई पुकार गर्छु;
म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ,
अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”
मेरो पुकार सुनिदिनुहोस्;
किनकि म ज्यादै नम्र भएको छु;
मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्;
किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।
मेरो कैदबाट मलाई छुटाउनुहोस्;
ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ।
म प्रतिको तपाईंको भलाइको कारण,
धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.