Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 128

आरोहणको गीत।

याहवेहको भय मान्‍नेहरू

र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।

तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ;

भलाइ र समृद्धि तिम्रा हुनेछन्।

तिम्रो घरमा तिम्री पत्नी

फलवन्त दाखको बोटझैँ हुनेछिन्;

र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि

जैतुनका मुनाहरूजस्तै हुनेछन्।

हो, याहवेहको भय मान्‍ने जन

यसरी नै आशिषित हुनेछ।

याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्;

तिम्रो जीवनभरि नै

तिमीले यरूशलेमको समृद्धि देख्नेछौ।

तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच—

इस्राएलमाथि शान्ति रहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.