Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 124

दावीदको आरोहणको गीत।

यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए—

इस्राएलले भनोस्—

मानिसहरूले हामीलाई आक्रमण गर्दा,

याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;

तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला,

तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए;

उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो;

अनि भल उर्लेर हामीलाई बगाउने थियो।

उर्लंदो पानीले

हामीलाई बगाएर टाढा लैजानेथियो।

याहवेहलाई प्रशंसा होस्,

जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।

शिकारीको पासोबाट चरा उम्केझैँ,

हामी उम्केका छौँ;

तिनीहरूको पासो छिनियो,

र हामी उम्कियौँ।

स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने,

याहवेहको नाममा हाम्रो सहायता छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.