Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 122
दावीदको आरोहणको गीत।
जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने,
तब म तिनीहरूसँगै आनन्दित भएँ।
हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र
हाम्रा खुट्टाहरू उभिएका छन्।
यरूशलेम एउटा सहरजस्तै,
एकै ठाउँमा टम्म गरी मिलाएर बसालिएको छ।
इस्राएललाई दिइएको कानुनअनुसार
याहवेहका कुलहरू
याहवेहको नामको प्रशंसा गर्न
त्यहाँ जान्छन्।
किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्;
त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।
यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर:
“तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।
तेरा पर्खालहरूभित्र शान्ति रहोस्;
र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!”
मेरा परिवार र मेरा मित्रहरूका खातिर
म, “तिमीहरूमा शान्ति रहोस्!” भन्नेछु।
याहवेह हाम्रा परमेश्वरको भवनको खातिर,
म तेरो भलो चिताउनेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.