Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 121
आरोहणको गीत।
म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—
मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता याहवेहबाट आउँछ,
जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
साँच्चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ
न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।
याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ—
याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;
दिउँसोको घामले तिमीलाई पोल्नेछैन,
न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।
याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
तिमी बाहिर जाँदा र भित्र आउँदा,
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.