Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 120
आरोहणको गीत।
मेरो सङ्कष्टमा म याहवेहलाई पुकार्दछु,
र उहाँले मलाई जवाफ दिनुहुन्छ।
हे याहवेह, मलाई
झूटो बोल्ने ओठ
र छली जिब्रोबाट बचाउनुहोस्।
ए छली जिब्रो,
उहाँले तँलाई के गर्नुहुनेछ?
अनि अझ बढ्ता के गर्नुहोला?
उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर,
र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!
मलाई धिक्कार छ! म मेशेकमा बास गर्दछु;
किनकि केदारका पालहरूका बीचमा बसेको छु!
शान्तिलाई घृणा गर्नेहरूका बीचमा
म बसेको धेरै समय भयो।
म त शान्तिप्रिय व्यक्ति हुँ;
तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.