Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 112

याहवेहको प्रशंसा गर!1

त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ,

जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्‍न हुन्छ।

त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्;

धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।

त्यसको घरमा धन र सम्पत्ति रहन्छ,

र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ।

सत्यनिष्‍ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्,

तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ।

उदार चित्तले ऋण दिनेहरू,

र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।

अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्;

तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।

खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्;

याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।

तिनीहरूका हृदय निर्धक्‍क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन;

अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।

तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्;

तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ;

तिनीहरूका शिर सम्मानले उच्‍च रहनेछ।

दुष्‍ट मानिस त्यो देखेर कुँडिनेछ;

तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्‍ट हुनेछन्;

दुष्‍टहरूका अभिलाषाहरू विफल हुन्छन्।

Source notes (1)
  1. Footnote मूल भाषामा हल्‍लेलूयाह

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.