Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 100

प्रशंसाको भजन।

हे सारा पृथ्वी, आनन्दको निम्ति याहवेहको जयजयकार गर!

हर्षकासाथ याहवेहको आराधना गर;

आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ!

याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी जान।

उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ;

हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।

धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस;

र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर;

उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!

किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ;

उहाँको विश्‍वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.