Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 101

दावीदको भजन।

म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु;

हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।

म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु,

तपाईं मकहाँ कहिले आउनुहुनेछ?

म निर्दोष हृदय लिएर

आफ्नो घरको कामकाज गर्नेछु।

म आफ्नो आँखाहरू अगि

कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ।

पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु;

यसमा मेरो कुनै सरोकार हुनेछैन।

कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्;

दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।

जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ,

म त्यसलाई नाश गर्नेछु;

अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई,

म सहनेछैनँ।

देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु;

ताकि तिनीहरू मसित बास गरून्;

त्यो, जसको चालचलन निर्दोष छ,

उसले नै मेरो सेवा गर्नेछ।

छली काम गर्ने कसैले पनि

मेरो घरमा बास पाउनेछैन;

झूटो बोल्ने कोही पनि

मेरो उपस्थितिमा खडा हुनेछैन।

हरेक बिहान म

देशका दुष्‍ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु;

याहवेहको सहरबाट

म हरेक दुष्कर्मीलाई नष्‍ट पार्नेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.