पवित्र बाइबल
भजनसंग्रह 76
परमेश्वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ । उहाँको पाल शालेममा छ । उहाँको बासस्थान सियोनमा छ । त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्ट गर्नुभयो । सेला पर्वतहरूमाथि तपाईंले आफ्ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्किनुहुन्छ र आफ्नो माहिमा प्रकट गर्नुहुन्छ । साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए । हे याकूबको परमेश्वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे । तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र? स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो । पृथ्वी भयभीत र चूपचाप थियो । हे परमेश्वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला निश्चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् । परमप्रभु आफ्ना परमेश्वरसँग भाकल गर र ती पुरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्नुपर्छ । उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.