पवित्र बाइबल
भजनसंग्रह 26
हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु । हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् । किनकि तपाईंको करारको विश्वस्तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्वस्ततामा हिंड्छु । मैले छली मानिसहरूसित सङ्गत गर्दिनँ, न त म कपटी मानिसहरूसित घुलमिल गर्छु । खराब गर्नेहरूको सभालाई म घृणा गर्छु, र दुष्टहरूसित म बस्दिनँ । हे परमप्रभु, नोर्दोषतामा म आफ्नो हात धुन्छु, र म तपाईंको वेदी वरिपरि घुम्छु, प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्न । हे परमप्रभु, तपाईं बस्नुहुने मन्दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ । मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्, जसको हातमा षड्यान्त्र छ, र जसको दाहिने हात घूसले पूर्ण छ । तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् । मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्यको भन्नेछु ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.