पवित्र बाइबल
भजनसंग्रह 137
बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं । त्यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्ना वीणाहरू झुन्डायौं । हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्ये एउटा गाओ ।” विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं? हे यरूशलेम, मैले तेरो सम्झनालाई बेवास्ता गर्छु भने, मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस् । मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् । हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।” बेबिलोनकी छोरी, चाँडै नष्ट हुन्छ । तैंले हामीलाई जे गरिस् त्यसको बदला लिने व्यक्ति धन्यको होस् । जसले तेरा सा-साना बालबच्चालाई लिएर चट्टानमा पछार्छ, त्यो व्यक्ति धन्यको होस् ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.