पवित्र बाइबल
अय्यूब 25
तब बिल्दद शुहीले जवाफ दिए र यसो भने, “प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्नो उच्च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ । के उहाँको फौजको गन्ति गर्न सकिन्छ र ? कसमाथि उहाँको ज्योति चम्कँदैन र ? तब कसरी मानिस परमेश्वरसित धर्मी ठहरिन सक्छ त ? स्त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ ? हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्दैन । उहाँको दृष्टिमा ताराहरू सिद्ध छैनन् । मानिस त झन् नगन्य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो !
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.