Skip to content
BibleKenya

पवित्र बाइबल

२ शमूएल 7

राजाले आफ्नो घर व्यवस्थित गरेपछि र तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि, राजाले नतान अगमवक्‍तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।” त्यसपछी नातानने राजालाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।” तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो, “जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्? किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान्‌ समयसम्म नै म मन्‍दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु । इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?” अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ । तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु । म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् । जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्‍छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु । जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु । त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु । म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु । तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्‍यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ । तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।” नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए । त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ? अब हे परमप्रभु परमेश्‍वर, यो तपाईंको दृष्‍टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्‍नुभएको छ र भावी पुस्‍ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ । म दाऊदले तपाईंलाई अरू भन्‍न सक्‍छु र? हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकलाई तपाईंले चिन्‍नुभएको छ । तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको छ । यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं । तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्‍नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्‍दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् । जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्‍ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो । तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो र तपाईं परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनुभयो । त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् । तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ । किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु । अब हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ । अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्‍न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस् । किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्‍नुभएको छ र तपाईंको आशिष्‌ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.