पवित्र बाइबल
१ तिमोथी 6
दासत्वको जुवामूनि भएका सबैले आफ्ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्झून् । तिमीहरूले त्यसो गर्नुपर्छ ताकिे परमेश्वरको नाउँ र शिक्षा निन्दित नहोस् । विश्वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्दैमा अवहेलना गर्नु हुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ । मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्छ र वचन हाम्रो विश्वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्टको वचनलाई स्वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्याउने शिक्षालाई स्वीकार गर्दैनन् । त्यो व्याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र, भ्रष्ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्पन्न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्झन्छन । अब सन्तुष्टि सहितको भक्ति ठूलो लाभ हो । किनभने हामीले संसारमा केही ल्याउनौँ । न त केही लान नै सक्ने छौँ । बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्ट होऔँ । अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् । तर तिमी, परमेश्वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग । विश्वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्यसको बारेमा तिमीले गवाहीको बारेमा थियो । सबै कुराहरूलाई अस्तित्वमा ल्याउनु हुने परमेश्वर र पन्तियस पिलातसको अघि सत्य कुरा बोल्नुहुने ख्रीष्ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु । यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख । अनि धन्य सर्वशक्तिमान, राज्य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ । केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्ति होस् । आमिन । यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ । तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन । यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन् । तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस । कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.