Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 65

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन; एक गीत।

हे हाम्रा परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ;

तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ।

तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्‍वर हुनुहुन्छ।

तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्।

जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए,

तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो।

धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्‍नुहुन्छ,

र तपाईंको मन्दिरको आँगनमा बस्‍नलाई आफू नजिक ल्याउनुहुन्छ!

तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।

तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ;

हे हाम्रा उद्धारकर्ता परमेश्‍वर,

पृथ्वीको छेउसम्मका समस्त मानिसहरू

र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ,

तपाईंले आफ्नो शक्तिद्वारा पर्वतहरू निर्माण गर्नुभयो।

तपाईंले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ।

जसले समुद्रको गर्जन

र तिनका छालहरूको गर्जन,

र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ।

तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्‍क पर्छन्;

जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ,

तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ।

तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ;

तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ।

मानिसहरूलाई अन्‍नबाली जुटाउनलाई,

परमेश्‍वरका नदीहरू पानीले भरिएका छन्;

किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ।

तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ

र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ;

तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ,

र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ।

तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ

र तपाईंको प्रशस्त आशिष्‌को अन्‍नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्।

मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्;

डाँडाहरू हर्षले सुसज्जित छन्।

हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्;

र बेँसीहरू बालीले ढाकिएका छन्;

तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.