Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 108

एउटा गीत, दावीदको भजन।

हे परमेश्‍वर, मेरो हृदय स्थिर छ;

म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु।

हे सारङ्गी र वीणा जाग्!

म प्रभातलाई जगाउनेछु।

हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;

जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।

किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ;

तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।

हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;

सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।

तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;

ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।

परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:

“विजयमा म शेकेमलाई विभाजन गर्नेछु,

र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।

गिलाद मेरो हो, मनश्शे पनि मेरै हो;

एफ्राइम मेरो टोप हो,

यहूदा मेरो राजदण्ड हो।

मोआब मेरो हात धुने भाँडो हो;

एदोममा म आफ्नो जुत्ता फाल्नेछु;

पलिश्तीमाथिको विजयमा म कराउनेछु।”

किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला?

कसले मलाई एदोमसम्म डोर्‍याउला?

हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ,

र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?

शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;

किनकि मानिसको सहायता व्यर्थ छ।

परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ;

र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.