Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

जकरिया 7

उपवास होइन, तर न्याय र कृपा

दारा राजाको शासनकालको चौथो वर्षको नवौँ महिना, अर्थात् किसलेव महिनाको चौथो दिन याहवेहको वचन जकरियाकहाँ आयो। जब बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलेकलाई आफ्ना मानिसहरूसँग याहवेहलाई बिन्ती गर्न, र सेनाहरूका याहवेहको भवनका पुजारीहरू र अगमवक्ताहरूलाई यसो भन्‍न पठाए, “मैले धेरै वर्षदेखि गर्दै आएजस्तै, के मैले पाँचौँ महिनामा पनि विलाप गर्नु र उपवास बस्‍नुपर्छ?”

तब सेनाहरूका याहवेहको वचन मकहाँ आयो: “देशका सबै मानिसहरू र पुजारीहरूलाई सोध्, ‘बितेका सत्तरी वर्षहरूमा तिमीहरूले पाँचौँ र सातौँ महिनामा उपवास बस्दा र शोक गर्दा के तिमीहरूले साँच्‍चै मेरै निम्ति उपवास बसेका थियौ त? अनि जब तिमीहरूले खायौ र पियौ, तब के तिमीहरूले आफ्नै निम्ति भोज खाइरहेका थिएनौ र? जब यरूशलेम र त्यसका छेउछाउका सहरहरू विश्राममा र समृद्धिमा थिए; अनि दक्षिणी भाग1 र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्थे, तब के यिनै वचनहरू होइनन्, जुन याहवेहले पहिलेका आफ्ना अगमवक्ताहरूद्वारा घोषणा गर्नुभएको थियो?’ ”

अनि याहवेहको यो वचन फेरि जकरियाकहाँ आयो: “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ। विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्‍ट युक्ति नरच।’

“तर तिनीहरूले यस कुरामा ध्यान नै दिएनन्; तिनीहरू हठी भएर आफ्ना पिठिउँ फर्काए र आफ्ना कानहरू बन्द गरे। तिनीहरूले आफ्ना हृदय चकमके ढुङ्गाझैँ कठोर बनाए; अनि तिनीहरूले नियमहरू सुन्‍न चाहेनन्, जुन सेनाहरूका याहवेहले आफ्नो आत्माद्वारा पहिलेका अगमवक्ताहरू मार्फत् पठाउनुभएको थियो। यसैकारण सेनाहरूका याहवेह अति क्रोधित हुनुभयो।

“ ‘जब मैले तिनीहरूलाई बोलाएँ, तिनीहरूले सुनेनन्; यसकारण जब तिनीहरूले बोलाए, मैले पनि सुनिनँ,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। ‘मैले आँधीबेहरीले तिनीहरूलाई सबै राष्ट्रहरूका बीचमा तितरबितर पारिदिएँ, जहाँ तिनीहरू परदेशीहरू थिए। तिनीहरूले छोडेपछि देश धेरै उजाड भयो, कि त्यहाँबाट भएर कोही पनि यात्रा गर्दैनथिए। यसरी तिनीहरूले सुन्दर देशलाई उजाड पारिदिए।’ ”

Source notes (1)
  1. Footnote अथवा नेगेव

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.