Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

श्रेष्‍ठगीत 3

रातभरि मैले मेरो ओछ्यानमा

मेरा हृदयको प्रेमीलाई खोजेँ;

मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ।

अब म उठेर सहरतिर जानेछु,

गल्‍ली र चोकहरूहुँदो;

मेरा हृदयको प्रेमीलाई खोज्नेछु।

मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ।

सहरमा घुम्‍दै गरेका पहरेदारहरूले

मलाई भेट्टाए;

मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?”

म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ;

मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ।

मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ,

मेरी आमाको घरमा,

मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।

हे यरूशलेमका छोरीहरू हो,

म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु:

उचित समय नभएसम्म

प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ।

व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका

धूप र मूर्रको सुगन्धले

धुवाँको मुस्लोजस्तै,

उजाडस्थानबाट माथि आइरहेका को हुन्?

हेर, सोलोमनको सवारी पालकी;

इस्राएलका सुयोग्य,

साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्।

तिनीहरू सबैले तरवार भिरेका छन्,

सबै जना युद्धकलामा पोख्त छन्;

रातको हरेक खतरादेखि बचाउन,

हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्।

सोलोमन राजाले आफ्नो निम्ति त्यो पालकी बनाएका हुन्;

त्यो लेबनानको काठले बनिएको छ।

त्यसका डण्डाहरू चाँदीले,

र आधार सुनले बनिएका छन्।

त्यसको आसन बैजनी लुगाले सजाइएको छ।

अनि भित्री भागमा चाहिँ

प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्।

हे सियोनका छोरीहरू हो, बाहिर आओ,

सोलोमन राजाले मुकुट पहिरेका हेर;

त्यो त्यही मुकुट हो, जुन तिनकी आमाले

तिनको विवाहको दिनमा,

तिनको हृदय आनन्दले पूर्ण भएको दिनमा,

तिनको शिरमा लगाइदिएकी थिइन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.