Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

प्रकाश 15

सात स्वर्गदूतहरूसँग सात विपत्तिहरू

मैले स्वर्गमा अर्को ठूलो र आश्‍चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्‍वरको क्रोध पूरा हुनेछ। अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्‍वरले दिनुभएका वीणाहरू लिएका थिए। तिनीहरूले परमेश्‍वरको सेवक मोशाको र थुमाको गीत गाए:

“हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर,

तपाईंका कामहरू महान् र अचम्मका छन्।

राष्ट्रहरूका राजा,

तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्।

हे प्रभु, तपाईंको डर कसले मान्दैन?

अनि तपाईंको नामको महिमा कसले गर्दैन र?

किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ।

सबै राष्ट्रहरू आएर तपाईंको सामु

दण्डवत् गर्नेछन्;

किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”1

त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो। त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए। तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए। अनि परमेश्‍वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्‍न सकेन।

Source notes (1)
  1. Footnote भजन 111:2, 3; व्यव 32:4; यर्मिया 10:7; भजन 86:9; 98:2

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.