Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 98

एउटा भजन।

याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;

किनकि उहाँले अद्‌भुत कार्य गर्नुभएको छ;

उहाँका दाहिने हात र पवित्र पाखुराले

उहाँको निम्ति विजयका कामहरू गरेका छन्।

याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ;

र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।

उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम,

र उहाँको विश्‍वासयोग्यता स्मरण गर्नुभएको छ;

पृथ्वीका सम्पूर्ण सिमानाहरूले

हाम्रा परमेश्‍वरका मुक्तिलाई देखेका छन्।

हे सारा पृथ्वी, आनन्दसाथ उच्‍च सोरले याहवेहको जयजयकार गर;

सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;

वीणा बजाएर याहवेहको भजन गाओ!

वीणा र सुमधुर गीतकासाथ,

तुरहीहरू र भेडाका सिङ फुकेर,

राजा याहवेहको सामु आनन्दले जयजयकार गर!

समुद्र र त्यसमा भएका सबै थोकले,

संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।

नदीहरूका तरङ्गहरूले ताली बजाऊन्;

पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;

तिनीहरूले याहवेहको सामु गाऊन्;

किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।

उहाँले संसारलाई धार्मिकताकोसाथ

र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.