Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 96
याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;
सारा पृथ्वीले याहवेहको निम्ति गाओ!
याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर;
प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!
जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर,
सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;
सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।
किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्,
तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।
उहाँको सामु गौरव र वैभव छन्;
उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,
याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!
याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;
भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ!
उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर;
हे सारा पृथ्वी, उहाँको सामु थरथर काम।
जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।”
संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन;
उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।
आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्;
समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!
खेत र त्यसमा भएका सबै कुरा उल्लासित होऊन्;
जङ्गलका सारा रूखहरू आनन्दले गाऊन्।
सबै सृष्टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ;
उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।
उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ,
र आफ्नो विश्वसतासाथ मानिसहरूको न्याय गर्नुहुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.