Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 95

आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ;

हाम्रा मुक्तिका चट्टानको निम्ति उच्‍च सोरले जयजयकार गरौँ!

धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,

भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!

किनकि याहवेह महान् परमेश्‍वर हुनुहुन्छ,

सबै देवहरूमाथि महान् राजा।

पृथ्वीका गहिराइहरू उहाँको हातमा छ;

र पर्वतका चुचुराहरू उहाँकै हुन्।

समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो,

र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।

आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ;

याहवेह हाम्रा सृष्‍टिकर्ताको अगि घुँडा टेकौँ;

किनकि उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ;

अनि हामी उहाँको खर्कका प्रजा र

उहाँको रेख-देखमा रहेको बगाल हौँ।

यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,

“तिमीहरूले मेरीबामा1 गरेजस्तो आफ्नो हृदय कठोर नपार;

जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा2 गरेका थियौ,

जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे;

तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।

चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ,

र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्,

र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’

यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ,

‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”

Source notes (2)
  1. Footnote जसको अर्थ हो झगडा
  2. Footnote जसको अर्थ हो परीक्षा गर्नु

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.