Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 93
याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ;
याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ;
निश्चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।
अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ;
तपाईं अनन्तदेखि हुनुहुन्छ।
हे याहवेह, समुद्रहरू उर्लिआएका छन्,
समुद्रहरूले आफ्नो गर्जन उच्च पारेका छन्;
तिनका भयानक छालहरू उर्लिएका छन्।
महासमुद्रको गर्जनभन्दा शक्तिशाली,
समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली—
उच्चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।
हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्;
अनन्तकालको निम्ति
तपाईंको भवन पवित्रताले सुसज्जित छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.