Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 87
एउटा गीत, कोरहका छोराहरूका भजन।
याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।
याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले
सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।
हे परमेश्वरको सहर,
तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला
“मलाई स्वीकार गर्नेहरूमध्ये
राहाब1 र बेबिलोनलाई म सूचीमा राख्नेछु—
पलिश्ती, टायर र कूशलाई2 समेत
भन्नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”
वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ,
“यो र त्यो त्यहीँ जन्मेका थिए,
अनि सर्वोच्च परमेश्वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”
याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ:
“यसको जन्म सियोनमा भएको हो।” सेला
सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्:
“मेरा सबै आशिष्का मूलहरू तँमा नै छन्।”
Source notes (2)
- Footnote इजिप्टको कवितात्मक नाम हो
- Footnote अर्थात्, नील नदीको माथिल्लो क्षेत्रको भू-भाग
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.